६ मंसिर, रौतहट । रौतहटमा एक व्यक्तिले आफ्नै बहिनी बलात्कार गरेका छन् । फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १ बस्ने सितलपुर बैरगनिया बस्ने २५ वर्षीय युवकले काकाको १३ वर्षीया छोरीलाइ बलात्कार गरेको स्थानीयले बताएका छन् ।

rape
rape-file photo

दासले विहीबार साँझ घर नजिकैको उखुबारीमा लगेर बहिनीको बलात्कार गरेको स्थानीयले बताए । बलात्कार गर्ने युवक फरार रहेको र पीडित बालिकालाई चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताए । सो बिषयमा थप अनुसन्धान भईरहेको उनले बताएका छन् ।

सांझ आफ्नो बारीमा तरकारी लिन जादै गरेकी बालिकालाई दाजु पर्ने दासले तरकारी बारी नजिकै रहेको उखुबारीमा लगेर जबरजस्ती गरिरहेका बेला खेतमै रहेका बालिकाका बाबुले देखेर हार गुहार गरेपछि अन्य गाउंले समेत सो स्थानमा आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटना मिलाउनका लागि बलात्कार गर्ने केटाका पक्षले बालिकाको लागि बिवाह खर्च वापत १० लाख दिने र बालिका पक्षले ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तीयामा दिएको किटानी जाहेरी फिर्ता लिनका लागि दवाब आएको पिडित परिवारको भनाइ छ ।