७ मंसिर, काठमाडौं ।

नयाँ शक्तिको भेलामा ब्यस्त रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूले छिट्टै भारत भ्रमण गर्ने संकेत गरेका छन् ।

भारतीय सञ्चार माध्यम द हिन्दुसँगको कुराकानीमा डा भट्टराईले नयाँ शक्तिले भारतसँग सुमधुर सम्बन्ध बताउने बताएका बाबुरामले छिट्टै भारत भ्रमण गर्ने आशामा आफू रहेको बताएका हुन् ।


Baburam bhattarai on The hindu

अहिले मधेशमा भैरहेको आन्दोलनप्रति एक्यबद्धता जनाइरहेका बाबुरामले नयाँ शक्ति निर्माण गर्ने कुरालाई हिन्दुले ठूलो महत्व दिएर प्रकाशित गरेको छ ।

भट्टराईको नयां शक्ति निर्माण अभियानको भेला आइतबार देखि शुरु भएर आज समापन हुँदैछ ।

Baburam bhattarai on The hindu 1

बाबुरामले नयाँ शक्तिको विदेशनीति फरक हुने बताउँदै छिमेकी देशसँग सुमधुर सम्बन्ध बनाउन चाहेको बताउँदै भारतसँग समेत नयाँ शक्तिबारे परामर्श लिने संकेत गरेका छन् ।

भारतीय टेलिभिजनसँग बाबुरामले भने- प्रचण्ड-ओली मधेश विरोधी