१६ फागुन, काठमाडौं ।

२ दिन अघि मनीषा कोइराला भेटेका प्रधानमन्त्रीलाई ब्यङ्ग्यको झटारो हानेका विवादास्पद जनजाति अभियान्ता तथा संघीय समाजवादीका नेता आङकाजी शेर्पाले करिश्मासँग मेल शुरु गरेका नयाँ शक्ति अभियान्ता बाबुराम भट्टराईमाथि ब्यङ्ग्यबाण प्रहार गरेका छन् ।

आङकाजीले युद्धको समयमा जनजाति छोरी चेलीहरुलाई बन्दुक बोकाएको तर सुखःको समयमा सुकिला मुकिलाको प्रतिनिधित्व गर्ने करिश्मालाई साथ दिएको भन्दै ब्यङ्ग्य गरेका हुन् ।

उनले बाबुराम र करिश्माको सम्बन्धलाई लिएर कविता नै सार्वजनिक गरेक छन् । उनले लेखेका छन्,

“दुखका बेला बन्दुक बोकाएर
१० बर्षे युद्धा लडायौ हामीलाई !
सुख बेलाका मयालु मुस्कान
सुकिला मुकिला करिश्मालाई !
धोकेबाजी डाक्टरको नयाँ शक्ति
नयाँ बोतलमा पुरानो माल !
आदिवासी, मधेसी, दलित, मुस्लीमालाई
झुक्याउने बाबुराम बाहुनको नयाँ चाल !”

Ankaji on Baburam Karishma यस अघि आङकाजीले भारतमा बलिउड कलाकार भेटेपनि दिल्लीमै स्वास्थ्य उपचार गराइरहेका वरिष्ठ संगीतकार अम्बर गुरुङलाई नभेटेको भन्दै प्रधानमन्त्री ओलीमाथि ब्यङ्ग्य हानेका थिए ।

मनीषालाई भेट्ने ओलीमाथि आङकाजीको ब्यङ्ग्य

आङकाजीले यस अघि पनि ओली, प्रचण्ड र बाबुराम लगायतका नेतामाथि विभिन्न प्रश्न उठाउँदै आएका छन्।