तपाईलाई थाहै होला पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई र भेटरान न्युरो सर्जन उपेन्द्र देवकोटा विद्यालयमा सहपाठी थिए। एउटै विद्यालय पढेका उनीहरु दुबै पढाइमा अब्बल मानिन्थे। बाबुराम भट्टराई त सधै राजनैतिक रुपमा चर्चा हुने भइहाले।

जनयुद्धदेखी उनको चर्चा हुन्थ्यो अहिले पनि छ । तर केही दिन यता उनका सहपाठी उपेन्द्र देवकोटाको पनि चर्चा छ । यो चर्चा भिन्दै यस हिसावले छ कि उनको डाक्टरी पेशाले यो चर्चा बढेको होइन्। यो उनको राजनैतिक चर्चा हो।

Baburam and upendra

एक धार्मिक कार्यक्रममा माओवादी जनयुद्धमाथि चोटिलो हमला बोलेपछि उपेन्द्रको एका एक चर्चा चुलिएको हो। उनले माओवादीले चर्चबाट पैसा लिएर जनयुद्ध लडेको टिप्पणी गरेका थिए। उनले जनयुद्धमा एमाओवादीले चर्चबाट पैसा लिएकाले अहिले धर्म विवादमा परेको बताएका थिए।

[quote_box_left] उनि यतिमा रोकिएनन र कडा स्वरमा भने ‘१८ हजार मानिस मार्ने अन्धाहरू विदेशी उक्साहटमा आँखामा पट्टी बाँधिएका अवस्थामा छन् । तिनबाट देशमा केही हुनेवाला छैन । यही कारण अहिले धर्मबारे विवाद सुरु भएको हो ।’ [/quote_box_left]

उनको भनाई थियो-नेपाल सायद विश्वको एकमात्र राष्ट्र होला, जहाँ कम्युनिस्ट आन्दोलन चर्चको सहयोगले सफल भयो । उनि यतिमा रोकिएनन र कडा स्वरमा भने ‘१८ हजार मानिस मार्ने अन्धाहरू विदेशी उक्साहटमा आँखामा पट्टी बाँधिएका अवस्थामा छन् । तिनबाट देशमा केही हुनेवाला छैन । यही कारण अहिले धर्मबारे विवाद सुरु भएको हो ।’ केही समय यता यति कडा भाषामा सायदै कसैले जनयुद्धमाथि टिप्पणी गरेको होला।

आजकल जनयुद्ध लडेकाहरुलाई नै यसको परवाहा हुन छाडी सक्यो। उपेन्द्र देवकोटाले एमाओवादीमाथि टिप्पणी गरिरहँदा त्यही पार्टीमै रहेका उनका सहपाठी बाबुराम भट्टराईामाथि त निशाना लाग्ने नै भयो। अब यी दुई पुर्व सहपाठीहरु एक अर्काको निशानामा हु्न्छन, विवादले एक किसिमको रोचकता ग्रहण गरिहाल्छ।

[quote_box_right] ‘एउटा डाक्टरमा वैज्ञानिक चिन्तन हुनु पहिलो सर्त हो भने सास्कृतिक संवेदना हुनु भिन्नै कुरा हो । उसलाइ कोही हिन्दु, मुस्लिम,शिख, र्इसाइ, नास्तिक र आस्तिक हुँनुसंग कुनै फरक पर्दैन। यदि कुनै वैज्ञानिकले अवैज्ञानिक मान्यता राख्छ भने उसले पाएको ज्ञान, बुद्दीको कुनै अर्थ पनि हुँदैन्। उसको भूमिका ब्यबसाय मात्र बन्छ ।[/quote_box_right]

उपेन्द्रको जनयुद्धमाथिको टिप्पणी पछी धेरैले सामाजिक सञ्जालमा टिप्पणी गरे।स्वभाविकरुपमा उनका समर्थन र विरोधमा स्टाटस लेखिए। तर सबैभन्दा दमदार जवाफी हमला भने एमाओवादी निकट मानिने लेखक तथा बुद्धजीवी नरेन्द्रजंग पिटरबाट आयो। उनले उपेन्द्रलाई बाबुराम भट्टराईसंग मिसाउँदै तिखो भाषामा जवाफ फर्काए।

भट्टरार्इसंग शैक्षिक प्रतिस्पर्धामा सधै दोस्रो भएकाले देवकोटाले डा.भट्टराइ प्रति रिस, द्वेष, आग्रहका कारण पुरै माओवादी जनयुद्धमाथि नै यस्तो टिप्पणी गरेको पिटरको जवाफी हमलामा उल्लेख छ। पिटर लेख्छन्, ‘एउटा डाक्टरमा वैज्ञानिक चिन्तन हुनु पहिलो सर्त हो भने सास्कृतिक संवेदना हुनु भिन्नै कुरा हो । उसलाइ कोही हिन्दु, मुस्लिम,शिख, र्इसाइ, नास्तिक र आस्तिक हुँनुसंग कुनै फरक पर्दैन। यदि कुनै वैज्ञानिकले अवैज्ञानिक मान्यता राख्छ भने उसले पाएको ज्ञान, बुद्दीको कुनै अर्थ पनि हुँदैन्। उसको भूमिका ब्यबसाय मात्र बन्छ ।

न्यूरो सर्जन एवं राजा ज्ञानेन्द्रका मन्त्री, गार्खाली डा. उपेन्द्र देवकोटाले माओवादीले इसाइ पैसा लिएर जनयुद्द लडेकाले अहिले धर्मनिरपेक्षाताका वकालत गरेका भनेछन् । सदा माओवादी नेता डा बाबुराम भट्टरार्इसंग शैक्षिक प्रतिस्प्रधामा द्वयम रहने देवकोटालार्इ डा.भट्टराइ प्रति रिस, द्धैष आग्रह भएकाले उनमा समग्र माओेवादी आन्दोलन प्रतिको दृष्टिकोणमा नै आग्रह छ भने ख्वामितका गद्दिहीन बनाउने शक्तिप्रति अझ आवेगात्मक बदला भाव हुँनु स्वभाविकै हुन्छ,त्यो नुनका सोझो पनि हो।

डा.भट्टरार्इ देखेपछि उनलार्इ सायद डिप्रेसले सताउँछ पनि होला,त्यसैको प्रतिकृया मात्र हो यो । एउटा प्रजातन्त्रवादी बन्न, समाजवादी बन्न,कम्युनिष्ट बन्न वैज्ञानिक चिन्तन राख्नु पहिलो सर्त हो भने भिन्न विचार र आस्थाको सम्मान गर्नु उसको आफ्नै गरिमा कायम पनि गर्नु हो । यो चिन्तन जति राजनीतिक विचार स्विकार्नमा लाग्छ,त्यतिकै धार्मीक आस्था स्विकार्नमा पनि लाग्छ । जहिले पनि आग्रहले भने मानव अन्तरनिहित क्षमतालार्इ धमिराले काठ चपाएझै चपार्इदीइरहेको हुन्छ ।’

यो पनि पढ्नुहोस्।
भारतलाई ‘खास’ बनाउने, बाबुरामलाई डण्डा बर्साउने