२७ मंसिर, काठमाडौं ।

पूर्व बिशिष्ठहरुलाई आजीवन सुविधा दिने सरकारको तयारीप्रति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।

पूर्व बशिष्ठहरुलाई अनावश्यक सुविधा दिनु ठिक नरहेको भन्दै बाबुरामले दिनै परे निरपेक्षरुपमा दिनु भन्दा पनि हेरि हेरि दिनु पर्ने सुझाव दिएका छन् ।

Dr Bhattari Press Meet Baburam

उनले सामाजिक सञ्जाल ट्वीटरबाट पूर्व बशिष्ठलाई दिन लागिएको सुविधाप्रति आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘पूर्व’विशिष्ठ’लाई अनावश्यक सुविधा दिनु ठीक हैन!निरपेक्ष ढंगले सबैलाई दिनुभन्दाआवश्यकता हेरी दिने कि?आवासविहीनलाई दिने कि?स्वेच्छिक गर्ने कि?’

baburam twitt on purba bisistha subida

सरकारले पूर्वविशिष्ट पदाधिकारीहरू पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मलाई कानुनविपरीत आजीवन गाडी, इन्धन, चालक र स्वकीय सचिवालयका नाममा बर्सेनि अर्बौं रुपैयाँको सुविधा दिने तयारी गरेको समयमा बाबुरामको यो टिप्पणी आएको हो ।

पेरिसडाँडाँमा खुलासाः दिल्ली योजनामा बाबुराम मुख्य शुत्राधार !

प्रधानमन्त्री कार्यालयले प्रस्ताव गरे अनुसार पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिँदा बर्सेनि ३ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ ।

प्रचण्डलाई बाबुरामको जवाफः प्रचण्डको दस्तावेज ‘अष्टपदी निबन्ध’

त्यति रकमले हरेक वर्ष २० मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना बन्छ । त्यति विद्युत्ले हरेक वर्ष २ घण्टाभन्दा बढी लोडसेडिङ घटाउन मद्दत पुग्नेछ ।