११ फागुन, जनकपुर ।
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम जनकपुर गएपछि तनावग्रस्त बनेको त्यहाँको जनजीवन अहिले सामान्य बनेको छ ।

फाइल तस्बिर

गौतम काठमाडौं फर्के पछि त्यहाँको अवस्था सामान्य देखिएको हो । एमाले नेता रघुवीर महासेठको घरमा बसेका एमाले उपाध्यक्ष बामदेव गौतमलाई घेरा हाल्न पुगेका मोर्चाका कार्यकर्ता र एमाले कार्यकर्ताबीच बिहान झडप भएको थियो ।

झडपमा मोर्चाका दुई जना कार्यकर्ता घाइते भएका छन् । सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहले बाक्लो सुरक्षा घेराका बीच गौतम काठमाडौं फर्केपछि आफूहरु आफ्नो कार्यक्रममा फर्केको बताए ।

संविधान संसोधन नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै मोर्चाले आन्दोलनका कार्यक्रम स्वरुप आज तराईका जिल्ला बन्दको आब्हान गरेको छ ।

यो पढ्नुस्।
एक दिने मधेश बन्द, यस्तो छ तराईका जिल्लाहरुमा प्रभाव
जनकपुरमा एमाले र मधेसी मोर्चाबीच झडप, एमाले उपाध्यक्ष गौतम घेराबन्दीमा