७ मंसिर, काठमाडौं ।

सत्तारुढ सहित प्रमुख दलबीच मधेश समस्या समाधानका लागि संविधानमा संसोधन गर्ने र त्यसका लागि मधेशी दलहरुको समेत सल्लाह सुझाव लिएर अघि बढ्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकमा यस्तो सहमति भएको हो ।

PM -Oli- all party meeting

बैठकस्थलबाट बाहिरिँदै नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले संविधान संशोधन गर्नुअघि मधेसी दलसँग सहमति गर्ने निर्णय गरेको जानकारी दिए।

ओली सरकार, मधेस आन्दोलन र भारतीय नाकाबन्दी

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए अनुसार सत्तारुढ र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मोर्चासँग वार्ताका लागि साझा धारणा बनाउने सहमति पनि भएको छ ।

मधेशी भारतीय मुलका होइनन्, विभाजन गर्न नखोज- राजदुत उपाध्याय

नेपाली कांग्रेसले संसदमा पेश भएको विधेयक पारित गराउन दबाव दिदै आएको छ । संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा १०० दिनदेखि तराई–मधेशमा आन्दोलनरत छ । उसले आफ्नो सहमति बेगर संविधान संसोधन मान्य नहुने प्रष्ट पारिसकेको छ ।