७ मङ्सिर, सप्तरी।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीको भारदहमा प्रहरीको एउटा मोटरसाइकलाई तोडफोड गरी आगजनी गरिदिएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्र्तगत भारदहमा को३प ३१३६ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको हो ।

आन्दोलकारीले निषेधाज्ञा उल्लङ्घन गर्दै बिहानैदेखि सदरमुकाम राजविराजसहित राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, विसनपुर र कदमहा क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

पूर्वको कोसी ब्यारेज र पश्चिमको लहानमा रोकी राखेका करिब एक हजार सवारी साधनलाई सप्तरी प्रहरीले सुरक्षा दिएर गन्तव्यमा पुर्याएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । रासस