१६ कात्तिक, काठमाडौं । भक्तपुरमा २०४६ साल यता राजनीतिपछि निरन्तर चुनाव जित्दै आएका नारायणमान विजुक्छेले यो पटक उम्मेदबारी नदिएर राजनीतिक विश्राम लिएका छन् ।

बहुदलीय ब्यवस्थापछि हरेक पटक भक्तपुर एकवाट उम्मेदबार बन्ने गरेका बिजुक्छेले यो पटक प्रेम सुवाललाई उक्त क्षेत्र छाडेका हुन् । यसअघि संसदमा समानुपातिक तर्फका सदस्य रहेका सुवाललाई उम्मेदबार छाडेपछि अव नेमकिपाको नेतृत्व पनि उनमै जाने अनुमान गरिएको छ । पार्टीको निर्णय अनुसार आफु उम्मेदबार बनेको उनले बताए ।

२०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका बिजुक्छेले उमेरका कारण चुनाव नलडेको प्रतिक्रिया दिएका छन् ।