भदौ, एजेन्सी।
सन् २०११ मे २ मा आतंकको दोस्रो नामको रुपमा चिनिएका ओसामा बिन लादेनको मृत्यु भएको घोषणा सबैले पत्याएका थिएनन। बिन लादेनलाई मार्ने अपरेसन लिएर गएका सेनाका जवानहरु पनि यस्तै शंका बाट गुज्रेका थिए।
‘हो यहि हो, हामीले खोजेको’ टमले यस्तो भन्दा मलाइ विश्वास त लाग्यो तर सायद उसलाई भने पुरा विश्वास थिएन, अनि विश्वास दह्रो गर्न भन्दै थियो, हो यहि हो हामीले मार्न चाहेको व्यक्ति।
मारिएको व्यक्ति र उसको फोटोमा केही अन्तर थियो। मारिएको व्यक्ति जवान देखिन्थ्यो तर त्यहाँ भेटिएको एक चिजले भने त्यो शंका कम गर्यो। वास्तवमा बिन लादेन कपाल कालो बनाइराख्न ‘कलर’ गर्ने गर्थे। त्यसैले पनि मारिएको व्यक्ति र फोटोको व्यक्तिमा १० वर्षको उमेर अन्तर देखिन्थ्यो।
यो कथाको खुलासा पुर्व ‘नेभी सील टिम’ का एक सदस्यले गरेका थिए। उनको किताब ‘नो इजी डे- द अटोबायोग्राफी अफ ए नेभी सील’ अघिल्ला वर्ष अमेरिकी सरकारको टाउको दुखाइ पनि बनेको थियो। ‘अपरेसन नेप्टुन स्पीयर’ मा सहभागी यी नेभी सील कमान्डोको यो किताबमा केवल बिन लादेनको मृत्युसंग जोडिएको सनसनी खुलासा मात्र छैन, बरु लादेनलाई मार्न गरिएको सैन्य अपरेसन कति हदसम्म योजना गरिएको थियो, यो किताबमा निकै बयानको साथ बताइएको छ।
मार्क ओभेनको नाममा यो किताब लेखेका ३६ वर्षीय मेट बिसोनेटले ओसामा बिन प्रसंगमा लेखेका छन्, ‘त्यो १ मे २०११ को रात सबैभन्दा कालो रात थियो। अफगानिस्तानको जलालाबाद बाट सोचिएको थियो तर पछि नेभी सील कमान्डोले लादेनको ठेगाना पाकिस्तानको एबटाबाद हो भनी थाहा पाएको थियो।’
हाम्रो लागि न त्यो राम्रो कुरा थियो न त वातावरण नै। घरमा घुस्दानै हाम्रो एक हेलिकप्टर दुर्घटनामा पर्यो। जसमा म पनि थिएँ। अर्को हेलिकप्टर भवनको छतमा ल्याण्ड गरेको थियो।’ ओभेनको अनुसार, उनीहरुसंग सो अपरेसन सक्न केवल ३० मिनेट मात्र समय थियो, किनकी हेलिकप्टरमा पनि त्यतिनै समयकोलागि इन्धन बाँकी थियो।
ओभेन र नेभीका अन्य सेनालाई थाहा थियो कि सो भवनमा ओसामा बिन लादेन, आफ्ना दुई छोरा खालिद र अहमद अल कुवैती अनि भाई अबरार अल कुवैतीसँग बस्थे। घरको आगनमा बाहिर तर्फ गेस्ट हाउस थियो, जहाँ अहमद आफ्नो परिवारको साथ बस्दथे।
गेस्ट हाउसको बाटो निस्पट्ट अध्यारो थियो अनि भित्र जाने बाटोमा मोटो फलामको ढोका पर्दथ्यो। आभेनले ढोकामा बम लगाएर बिस्फोट गरे। विस्फोट हुनासाथ अगाडी बाट एके-४७ को फाएरिङ सुरु भयो। ‘हामीले पनि फायरिङको जवाफ दियौ, अल कुवैती त्यहि मारिए।गेस्ट हाउस ‘क्लियर’ भएपछि हामीले ‘टारगेट’ लादेनको तर्फ कदम बढायौं। लादेनको परिवार दोस्रो र तेस्रो तलामा थिए। यसैबिच अल किवैती र उसकी पत्नीको पनि ज्यान गयो। दोस्रो तलामा लादेनको अर्को छोरा खालिद पनि मारियो। हामी घरको तेस्रो तलामा थियौं, निकै बिस्तारै अघि बढ्दै थियौं।
त्यो समय त्यहाँ हुरी आउनु भन्दा अघिको जस्तो शान्त थियो। तब टाढाबाट थौरै खुलेको ढोका भित्र निशाना लगाइयो (कसले गोली हान्यो यो खुलाइएको छैन),ढोकाको नजिक मानिसको झलक देखेपछि निशाना एकदम ठिक ठाँउमा लाग्यो। त्यसपछि भित्रबाट महिलाको रुने कराउने आवाज आउन सुरु भएको थियो। महिलाहरुलाई एक कुनामा खडा गरेर खोजतलास गरियो।
महिलाहरुले आत्मघाती बम कम्मरमा बाँधेँका थिए। किताबको अनुसार, जिउँदो हुनसक्ने शंका मेट्न जमिनमा लम्पसार शरिरमा ओभेर र उनका साथीहरुले गोली बर्साए। त्यसपश्चात हामीले शवको परिक्षण गरौ। टम (परिवर्तिन नाम) ले भन्यो, ‘हो यहि हो, हामीले खोजेको’ यसो भन्दै टम आफै शंका कम गर्न चाहन्थ्यो।
कम्बलले उसको अनुसार सफा गरियो, फोटो हेरेर अनुहार जाँच गरियो। तर सो व्यक्ति जवान देखिएको थियो, दाह्रीको कपाल फोटोको भन्दा कालो थियो। हामीमा थौरै शंका बढ्यो, तर कपाल कालो गरिएको रहेछ। हामीले केही फोटा खिच्यौं। यसैबिच अर्को टिम घरबाट अन्य सामान निकाल्दै थिए। बरण्डामा बसेकी एक केटीसंग ओभेनले सोधे, ‘यो मान्छे को थियो?’ सो केटीले भनी, ‘ओसामा बिन लादेन’ केही बेरमा यो खबर अमेरिका पुग्यो, अनि विश्वले थाहा पायो की ओसामा बिन लादेन मारिए ।