२८ असोज, काठमाडौं । बुद्ध एयरको जनकपुर काउन्टर तोडफोड गर्ने सांसद पक्राउ पक्राउ परेका छन् । आफू पक्राउ परेको जानकारी राजपा सांसद प्रमोद साहले आफ्नै फेसबुकबाट दिएका छन् । उनले दिउँसो १२ बजेर ५२ मिनेटमा फेसबुकमा लेखेका छन्, ‘प्रहरीद्वारा काठमाडौं एयरपोर्टबाट समात्यो ।’

सोमबार बिहान ११ः२० मा आउनुपर्ने बुद्ध एयरको जहाज १ः३० सम्म पनि नआएपछि ढिलो गरेको भन्दै राजपा नेपालका सांसद् प्रमोद शाहले बुद्ध एयरको जनकपुर काउन्टर तोडफोड गरेका थिए । साहलाई महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन विमास्थलको आन्तरिक टर्मिनलस्थित भीआईपी कक्षबाट पक्राउ गरेको हो ।

जनकपुरबाट पक्राउ पूर्जी जारी भएकोले उनलाई जनकपुर पठाउने तयारी भइरहेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । साह ओखलढुंगा जानका लागि आन्तरिक टर्मिनलको भीआईपी कक्षामा बसिरहेका थिए ।