६ चैत, काठमाडौं ।

विश्वकप क्रिकेट चलिरहेको समयमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का भने बेलायतमा एक क्लवको खेल खेलिरहेका छन् । विश्वका चर्चित खेलाडीमाझ नेपाली क्रिकेट कप्तानले कस्तो खेल्छन् हेर्न बाँकी छ ।

Paras with yubraj

इमिरेट्स एयरलाइन्स २०–२० क्रिकेटमा पारसको मेरिलेबोन क्रिकेट क्लव एमसिसी वेलायतकै ससेक्सविरुद्ध खेलिरहेको छ ।

खेल लाइभ हेर्नुस्

बंगलादेशमा विश्वकप छनौटका क्रममा अन्तराष्ट्रिय आँखामा परेका पारसलाई त्यतिबेला देखि नै मेरिलेबोन क्रिकेट क्लव एमसिसीले अनुबन्ध गरेको थियो । यतिबेला उनीसँग भारतका चर्चित अलराउण्डर युवराज सिंह समेत खेलिरहेका छन् ।

Paras with yubraj 1

पारसले अन्तराष्ट्रिय क्लवको खेलमा कस्तो गर्छन् त्यसले उनको करिअर पनि निर्धारण गर्ने बिश्लेषकहरुले बताएका छन् ।