१४ पुस, काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक बैंकका शाखा प्रवन्धक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यबिनायक नगरपालिका–४ बस्ने नेचा सल्यान गाउँपालिका–१ घर भएका ४७ वर्षीय भुपराज कोईराला रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखामा शाखा प्रबन्धक रहदा कोईरालाले बैंकलाई नभएको दायित्व सृजना गराई अनुचित लाभ लिएको भन्ने जानकारी प्राप्त भएपश्चात केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कोईराला उपर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।