२६ मंसिर, काठमाडौं ।

ट्याक्सी चालकको शंकास्पद मृत्युलाई लिएर स्थानीयबासीको एक समूहले बौद्धको नयाँबस्ती प्रहरी चौकीमा घेराउ गरेका छन् ।

प्रहरीका अनुसार शनिबार राति अत्याधिक मादक पदार्थ सेवन गरी बाटोमा बेहोस अवस्थामा भेटिएका ट्याक्सी चालक राजकुमार लामाको अत्तरखेलस्थित अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । तर, स्थानीयले भने मापसे कारबाहीमा पक्राउ परेका दोलखाका ट्याक्सी चालक लामाको प्रहरी कुटाइबाट मृत्यु भएको दाबी गरेका छन् ।

ashru gas

उनीहरुले आज विहानै प्रहरी चौकी घेराउ गरी तोडफोड र आगजनीको प्रयास गरेका छन् । स्थानीयले प्रहरीको तीन वटा मोटरसाइकल जलाएका छन् । भिड नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा २० भन्दा बढि पक्राउ परेको प्रहरीले जनाएको छ । तोडफोड र आगजनी भएपछि सो क्षेत्रमा सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ ।