२६ मंसिर, धनुषा ।

जाडोका कारण धनुषा जिल्लाको सामुदायिक विद्यालयहरुलाई अनिश्चितकालका लागि बन्द गरिएको छ ।

हुस्सु र शितलहरीका कारण विद्यार्थीहरु विरामी हुन थालेपछि घाम नअउनसममका लागि विद्यालय बन्द गरिएको जानकारी धनुषाका निमित जिल्ला शिक्षा अधिकारी दानीकान्त झाले दिएका छन ।

झाकै नेतृत्वमा जिल्ला शिक्षा कार्यालय धनुषाले जाडोपछि विद्यालयको अवस्था सम्बन्धमा अनुगमन गरेको थियो । झाका अनुसार यो विदालाई वर्षे र अन्य विदामा मिलाइने छ ।

fire-shitlahar

धनुषा जिल्लामा ४ सय २७ वटा सामुदायिक विद्यालय रहेको छ । एकातिर सामुदायिक विद्यालय बन्द गरिएको छ भने अर्को तर्फ निजि विद्यालयहरु खुल्लानै देखिएको छ ।जाडोका कारण प्रत्येक वर्ष धनुषा जिल्लामा २० दिनभन्दा बढी विद्यालय प्रभावित हुने गरेको छ ।