२५ मंसिर, काठमाडौं । राजधानीको बौद्धमा १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ ।

यौन दुर्व्यवहारको अभियोगमा काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी बस्ने २४ वर्षीय सोनाम दोर्जेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार साँझ प्रहरी पक्राउ गरिएको हो ।

दोर्जेले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।