३१ भदौ, चितवन । मौसम प्रतिकुलताका कारण चितवनको भरतपुर विमानस्थलको उडान तथा अवतरण अवरुद्ध भएको छ । निरन्तर परिरहेको पानीका कारण आज उडान र अवतरण बन्द भएको विमानस्थलका सूचना अधिकारी दिपक विकले बताए ।

भरतपुर विमानस्थलबाट सामान्य अवस्थामा दैनिक ११ वटा उडान हुने गरेको छ । उडान प्रभावित भएपछि यात्रु फर्कन बाध्य भएका छन् । यसैबीच, नेपालगञ्जबाट काठमाडौंका लागि उडेको माउन्टेन एयरको हेलिकप्टर भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

मौसम प्रतिकुल भएपछि हेलिकप्टर काठमाडौं जान नसकेर भरतपुरमै आकस्मिक अवतरण गरिएको हो । यसअघि विहान पनि विभिन्न स्थानबाट काठमाडौं आएका हेलिकप्टर अवतरण गर्न नसकेपछि काभ्रेका धानखेतमा आकस्मिक अवतरण गरिएको थियो ।