१५ जेठ, चितवन।

मतगणनमा विवाद भएपछि भरतपुर महानगरको मतगणना स्थगित भएको छ।

मतपत्रहरु च्यातिएका छन्। अहिले मतगणना स्थलमा प्रहरीले ठूलो संङ्ख्यामा घेराउ गरेर सुरक्षा दिइरहेको छ।

मतपत्रको सुरक्षाको लागि प्रहरीले थप फोर्स मगाएको छ।

२ सयको सङ्ख्या प्रहरी फोर्स मगाइएको छ।

१९ नम्बर वडाको मतगणना गर्दै गर्दा ट्याली गर्ने क्रममा सङ्ख्या नमिनेपछि माओवादी र एमालेका प्रतिनिधि बीच विवाद भएको हो।

विवादले उग्र रुप लिन थालेपछि मतपत्र च्यातिएको छ।

लगभग १०० भन्दा बढी मतपत्र च्यातिएको छ। यसबारे आधिकारिक जानकारी निर्वाचन समितिले दिएको छैन।

एमाले र माओवादी केन्द्रले एक अर्कोलाई घटनाको जिम्मेवार भएको आरोप लगाएका छन्।

घटनमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

मतगणना वडा नं १९ को आधा र वडा नं २० को पुरै बाँकी थियो।

पछिल्लो परिणाम अनुसार १९ नं वडाको १८०० मतगणना गर्दा एमालेका देवी ज्ञवालीको ४१ हजार ६ सय ४१ र माओवादी केन्द्रकी रेणु दाहालको ४० हजार ९ सय ०८ मत आएको छ।