एजेन्सी ।

चर्चित कलिङ र शेयरिङ साइट भाइबरले नयाँ सुविधा थपेको छ । पछिल्लो समयमा नयाँ नयाँ सुविधासहित आफूलाई प्रस्तुत गरिरहेको भाइबरले नयाँ क्रोमबुक्स भर्सनमा एचडी कलिङ सुविधा दिएको हो ।

गुगलको क्रोमबाट डेस्कटप भाइबर चलाउने संख्या बढेपछि नयाँ क्रोमबुक्स भर्सन ल्याएको भाइबरले जनाएको छ ।

नयाँ फिचरबाट हाइडेफिनिसन भिडियो कल, भ्वाइस कल तथा भाइबारबाट मोबाइल तथा ल्यान्डलाइनमा फोन गर्न सकिन्छ ।

viber call hd 1

भाइबरको क्रोमबुक्स भर्सनमा फोटो तथा म्यासेजका सुविधा कायमै छन् भने थोरै पैसामा राष्ट्रिय र अन्तराष्ट्रय कल गर्ने सुविधा पनि छ ।

क्रोमबक्स भाइबर चलाउन के गर्ने ?

नयाँ क्रोमबक्स भाइबर चलाउनका लागि क्रोम वेब स्टोरमा गएर ‘एभाइलेबल अन क्रोम’ क्लिक गर्नुस् । त्यो एप डाउनलोड गरेपछि त्यहाँ दिइएका निर्देशन अनुसार अघि बढ्नुस् ।

viber call hd

क्रोमबक्स भाइबर इन्स्टल गर्नका लागि मोबाइलमा भाइबर सक्रिय रहेको हुनु पर्छ भने फोन नम्बर पनि चाहिन्छ । यो एपबाट एचडी भडियो तथा फोन कल गर्ने सुविधा छ ।

यस अघि भाइबरले नेपालका भूकम्प पीडितका लागि निशुल्क कलिङ सुविधा दिएको थियो ।