-कुशल श्रेष्ठ

सुट लगाउँदा तपाईँको रूपमा मात्रै होइन, तपाईँले सोच्ने तरिका र संसारलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउँदछ भन्ने तथ्य हालै भएको अनुसन्धानले पत्ता लगाएको छ। यसले गर्दा फराकिलो ढङ्गले सोच्नको लागि मद्दत पुर्याउँदछ।

मानिसको सोच्ने ढाँचा र लवाईखवाईको तरिकाको सम्बन्ध हेर्दा अनुसन्धानकर्ताहरूले के पत्ता लगाएका छन् भने, सुट लगाउनेहरूले आफूलाई शक्तिशाली महशुस गर्दछन् र यसले गर्दा उनीहरूलाई कुनै कुराको सानो चित्रमा भन्दा त्यसको विशाल चित्रमा ध्यान दिन पनि मद्दत पुर्याउँदछ अर्थात भिजन ठुलो हुन्छ, सोच संक्रिण हुदैन। अथवा मनोवैज्ञानिक भाषामा भन्नुपर्दा सुट लगाउनाले ‘निश्चित प्रक्रिया’ (Concrete Processing) भन्दा ‘सार प्रक्रिया’ (Abstract Processing) ले सोच्नको लागि प्रोत्साहन गराउँदछ।wearing suit

“औपचारिक लुगा लगाउँदा हामी आफैलाई शक्तिशाली महशुस गर्दछौँ भने हामीले संसारलाई कसरी हेर्छौँ भन्ने कुरामा पनि परिवर्तन गराउँदछ।”- ‘क्यालिफोर्निया स्टेट युनिभर्सिटी’का मूख्य अनुसन्धानकर्ता, मनोवैज्ञानिक ‘अब्राहम रचिक’भन्छन्।

पहिलो २ वटा परीक्षणहरूमा, अनुसन्धानकर्ताहरूले विध्यार्थीहरूलाई आफूलाई जुन मन पर्छ त्यहि लुगा लगाएर आउनको लागि भनेका थिए। त्यसपछि उनीहरूले लगाएको लुगाको औपचारिकताको मापन गरिएको थियो र उनीहरूले ‘निश्चित प्रक्रिया’ बाट काम गर्छन् कि ‘सार प्रक्रिया’ बाट काम गर्छन् भनेर जाँच्नको लागि केही परीक्षा पनि लिइएको थियो। जबकी दुबै प्रक्रिया उपयोगी हुन्छन्, सार प्रक्रियाले फराकिलो र विशाल चित्रको कल्पना गर्ने शक्तिलाई जनाउँदछ जुन कुरा नेतृत्व गर्नेहरूको लागि जरूरी हुन्छ भने निश्चित प्रक्रियाले कुनै कुराको विस्तृत जानकारीमा ध्यान दिनको लागि मद्दत गराउँदछ।

जसले अलिकति भएपनि औपचारिक लुगा लगाएको छ उनीहरूले अरूले भन्दा बढी सार ढङ्गले सोच्ने गर्दछन् भन्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका थिए। तर यो परीक्षण क्याम्पस पढ्ने विध्यार्थीहरूमा गरिएको हुनाले त्यस्तो औपचारिक ढङ्गको लुगा लगाउने कम नै देखिएको थियो।

त्यसैले पछिल्लो तीन परीक्षणहरूमा, आधाजस्तो विध्यार्थीहरूलाई सुट लगाएर आउन अनुसन्धानकर्ताहरूले भनेका थिए। यसरी सुट लगाएर परीक्षा दिएका विध्यार्थीहरूले सुट नलगाई परीक्षा दिने विध्यार्थीहरू भन्दा बढी सार ढङ्गले आफ्नो खुबी प्रस्तुत गरेको कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाएका थिए।

magic

“दैनिकी अनुभव र लुगा लगाउने ढङ्गले हाम्रो जीवनमा धेरै भूमीका खेलिरहेको हुन्छ। जसले गर्दा वस्तुहरू, मानिसहरू र कुनै घटनाहरूले कसरी व्यवहार गर्छन् भन्ने कुरालाई हेर्ने दृष्टिमा फरक पर्दछ।”- मूख्य अनुसन्धानकर्ताले खुलासा गरे।

त्यसोभए, हामीले सुट लगाउँदा किन हाम्रो सोच्ने तरिकामा परिवर्तन आउँदछ त? हुन त यसको बारेमा अनुसन्धान नभएको होइन तर अनुसन्धानहरू सबै प्रारम्भिक चरणमा नै छन्। तर जब हामी राम्रो देखिन्छौँ र हामीलाई त्यो कुराको अवगत छ भने पक्कै पनि कुनै काम गर्नको लागि हामीलाई हौसला मिल्दछ।