२३ पुस, एजेन्सी। भारतले जारी टी-२० श्रृखलाको दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ। इन्दोरको होल्कर क्रिकेट स्टेडियममा खेलिएको खेलमा श्रीलंका पहिले ब्याटिङ गर्दै मात्र १४२ रनमा  समेटिएको थियो। 

श्रीलंकाको लागि कुशल परेराले सर्वाधि ३४ रन बनाएका थिए। भारतको लागि शरदुल ठाकुर,कलदीप यादव र नभदीप सैनीले क्रमस ३,२ र २ विकेट लिएका थिए।

१४३ रनको लक्ष्य सहित मैदानमा उत्रिएको भारतले कुनै कठिनाईको सामना गर्ने परेन ।१८ औं ओभरमा भारतले लक्ष्य हासिल गर्दा कप्तान विराट कोहली क्रिजमा खडा थिए। 

भारतका लाागि के एल राहुल, श्रेयस एैय्यर र शिखर धवनले क्रमश ४५, ३४ र ३२ रनको योगदान दिए। 

श्रृंखलाको पहिलो खेल वर्षाका कारण अवरुद्ध भएको थियो भने तेस्रो तथा अन्तिम खेल १० जनवरीमा खेलिदैं छ।