१४ फागुन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत जानु अघि भारतीय नाकाबन्दी खुलेपछि धेरैलाई लागेको थियो अव जीवन सहज हुन्छ । तर ओली भारत गएर राजकीय भ्रमण सफल भएको भन्दै स्वदेश फर्किँदा पनि भारतको ब्यवहार भने पूर्णतः बदलिएको छैन ।

राजधानीमा इन्धनको हाहाकार कायमै छ भने भारतीय आयल निगमले नाकाबन्दी नखुलेको झल्को दिने गरी ब्यवहार देखाएको छ । ओली काठमाडौं फर्किएकै भोलिपल्ट (बिहीबार) इन्डियन आयल कर्पोरेसन (आइओसी) ले बरौनी र रक्सौलमा इन्धन लोड नदिएपछि ‘भारतको नियत’ माथि थप आशंका सिर्जना भएको छ।

Parsa birgunj naka

प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट गरी असमझधारी सकिएको, ‘द्विदेशीय सम्बन्ध’ मा सुधार आएको बताएका थिए।

दुई प्रधानमन्त्रीबीच संयुक्त विज्ञप्ति जारी नहुनु र फर्केकै भोलिपल्ट दुई नाकामा लोड नदिइनुलाई भने कूटनीतिक रुपमा अर्थपूर्ण मानिएको छ। आइओसीले कागजी झन्झट देखाएर बुधबार बरौनीमा ग्यास लोड घटाएकोमा बिहीबार एक बुलेट ग्यास पनि लोड दिएन।

ओलीलाई विजुक्छेले र्‍याख र्‍याख्ती पारे- देशले के पायो?

ओलीलाई भारतले यसरी देखाइदियो औकात

हिन्दुस्तान टाम्सले खोल्यो संयुक्त विज्ञप्ति नआउनुको कारण

भारतीय ब्यवहार शंकास्पद देखिएपछि प्रधानमन्त्री फर्केकै दिन निगमका कार्यकारी निर्देशक गोपाल खड्का आपूर्ति बढाउनेबारे कुरा गर्न भारत गएका थिए । तर उनको भ्रमणले पनि कुनै फल दिएको ब्यहारमा देखिएको छैन ।

ओली भारतमै रहेको समयमा भारतीय आयल निगमले नियन्त्रित परिमाणमा इन्धन दिनु, मधेशका माग पुरा गर्न माग गर्दै भारतीय पूर्वमन्त्री सहितका ब्यक्तिले नेपाली दुताबासमा धर्ना दिनु सांकेतिकरुपमा ओलीको अडानमाथिका आक्रमण भएको कतिपयले बताएका छन् ।

यस्तै ब्यवहार बढ्दै गए भारत पुनः नाकाबन्दीकै तहमा फर्किन सक्ने आशंका समेत कतिपयले गरेका छन् ।