२० मंसिर, काठमाडौं ।

नयाँ शक्तिका अभियान्ता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतको मुम्बइ भ्रमणबाट फर्किँदा नेपाल दक्षिण एसियाकै सबैभन्दा समृद्ध देश बन्न सक्छ भन्ने विश्वास झनै बढेको बताएका छन् ।

कमल थापाले भारतसँग गोप्य सम्झौता गरेको शंका छ- विजुक्छे

विश्व बैंकले आयोजना गरेको नेपाल-भारत आर्थिक सम्वन्ध विषयक कार्यक्रममा सहभागी हुन मुम्बइ गएका बाबुरामले ट्वीटरबाट यस्तो बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘२दिनको मुम्बइ यात्रा पछि स्वदेश फर्कदा नेपाल द.एशियाकै सबभन्दा समृद्ध देश बन्न सक्छ भन्ने विश्वास अरू बढेकोछ!खाँचो भिजन,इमान्दारी र मेहनतको!’

Baburam twitt after mumbai visit

भारतले नेपालमाथि लगाएको नाकाबन्दी खोल्ने संकेत दिइरहेको समयमा बाबुराम मुम्बइ गएका थिए । उनी भारत गएपछि मधेशवादी नेताहरु दिल्ली गएका छन् । मधेशी नेता दिल्ली गएकोप्रति बाबुरामले असन्तुष्टि जनाएका थिए ।

भारत विरोधीहरुलाई तह लगाउँदै अख्तियार !