२३ वैशाख, एजेन्सी ।

दिल्लीको तुगलकाबाद क्षेत्रमा शनिबार विहानै २०० बालबालीकालाई अस्पताल भर्ना गरिएको छ । सो क्षेत्रमा विषाक्त ग्याँस चुहिदाँ बालिबालिकारहरु प्रत्यक्ष प्रभावित भएका हुन।

प्रहरीका अनुसार दिल्लीको तुगलबादस्थित झांसी सर्वोदय कन्या विधालय क्षेउमा विहान ७ बजेतिर एक डिपोबाट विषाक्त ग्याँस चुहिदा सो समस्या उत्पन्न भएको हो । ग्यास डिपो सो सरकारी विद्यालय नजिकै थियो ।

विषाक्त ग्याँसले बालबालीकाको आखाँमा समस्या उत्पन्न भएको बताइएको छ । ग्याँस लिकेज कसरी भयो सोको कारण हालसम्म पत्ता नलागेको प्रहरीले जनाएको छ ।