आफ्नो लागि राम्रो जीवनसाथी छान्नु सायद संसारमै सबैभन्दा कठिन काम होला । तर, यहाँ महिलाका लागि भने राशिले जीवनसाथी छान्न कही सहज बनाएको छ । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल श्रीमान भनिन्छन् ।

मकर राशि – यस राशिका श्रीमानले आफ्नी श्रीमतीलाई सँधै सन्तुष्ट राख्ने गर्छन् । श्रीमतीलाई खुशी राख्ने सबैभन्दा ठूलो कारण उनको स्वभाव हो । यस राशिका पुरुष आफ्नी श्रीमतीप्रति सँधै इमान्दार रहन्छन् । यस राशिका पुरुष आकर्षक ‘लुक’, बोल्ने कला र सँधै सकारात्मक व्यवहारका हुन्छन् । सबैभन्दा राम्रो पक्ष यस राशिका पुरुषहरु जीवनभर यस्तै(सकारात्मक) रहन्छन् ।

सिंह राशि – ज्योतिष शास्त्रलाई मान्ने हो भने सिंह राशिका चिन्ह, जसको भित्र पर्ने महिला, पुरुष, बालक–बृद्ध सबै आकर्षक हुन्छन् । भनिन्छ, यस राशिका पुरुषलाई सँधै सुन्दर, असल श्रीमती मिल्छ, यस्तो राम्रो चयन शक्तिका कारण हुनसक्छ । यस राशिका पुरुष, सरप्राइज दिने, श्रीमती मात्रै होइन बालबच्चको पनि ध्यान राख्ने भएकाले ‘केयरिङ हस्बेन्ड’ भनिन्छ ।

कन्या राशि – कन्या राशिका पुरुषलाई पनि असल जीवनसाथी मानिन्छ । बुद्धिमान, आकर्षक, बोलेर मन जित्ने खुबीका हुन्छन् । श्रीमतीलाई अत्यन्तै माया गर्ने पुरुष पनि यसै राशिका हुन्छन् । यस राशिका पुरुषलाई खाना पकाउँनदेखि लिएर बाल–बच्चा स्याहार्ने काम राम्ररी आउँछ । हुनसक्छ, यस कारणले पनि श्रीमतीका लागि असल श्रीमान् हुनसक्छन् ।

यद्यपी, यी तिन राशिका पुरुष एक असल छोरा, असल साथी वा दाई–भाई नहुन सक्लान्, तर एउटी श्रीमतीका लागि एक पूर्ण श्रीमानमा गनिन्छन् ।