८ मंसिर, काठमाडौं ।

नेपालीहरुले भारत विरुद्ध अर्को ट्वीटर ट्रेण्डिङ शुरु गरेका छन् । भारतमा आगामी डिसेम्बरमा हुने भनिएको दक्षिण एसियाली खेल साफ खेल बहिस्कार गर्न आह्वान गर्दै ट्विटर ट्रेण्डिङ शुरु गरेको छ ।

यस अघि पाकिस्तानले भारतमा हुने साफमा सहभागी नहुने बताइसकेको छ । भारतले नाकाबन्दी लगाइरहेको सममया नेपाल पनि त्यहाँ जान नहुने नेपालीहरुको माग छ ।

नो साफ दिस टाइम #noSAFFthistime ह्याशट्यागमा ट्रेण्डिङ चलिरहेको छ । ।

No saff trending 1
No saff trending 3

नेपालीहरुले भारतलाई समय समयमा ट्वीटरबाट तह लगाउने खोजिरहन्छन् । नेपालीहरुले यस अघि भूकम्पको समयमा #GoHomeIndianMedia भन्ने ट्रेण्डिङ विश्वब्यापीरुपमा चर्चित गराएका थिए भने । नाकाबन्दी पछि पनि #BackOffIndia #DonateOilToIndianEmbassy #ModiHimalayanBlunder ह्यासट्यागमा विश्वव्यापी ट्रेन्डिङ नम्बर १ बनेका थिए ।

केही दिन अघि ट्वीटरमा नेपाल चोक्ड बाइ इण्डिया अर्थात ‘भारतले नेपालको घाँटी समात्यो’ भन्ने ट्रेण्डिङ विश्वब्यापीरुपमा चर्चित बनेको थियो ।

नाकाबन्दी विरुद्ध विद्रोह, #DonateOilToIndianEmbassy १ नम्बर ट्रेण्डिङ

#NepalChokedByIndia भन्दै ह्यासट्यागमा नेपाल सहित पाकिस्तान र अन्य देशमा समेत भारतविरुद्ध आक्रोश पोखिएको हो ।

भारतका सामु असाहाय देखिएका नेपालीहरुले आफ्नो आक्रोश सामाजिक सञ्जालमा पोखेर मन शान्त गराउने गरेको पुष्टी ट्वीटरको पछिल्लो ट्रेण्डिङले गरेको छ ।

भारतीय नाकाबन्दी विरुद्ध विश्वका विभिन्न देशमा रहेका नेपालीहरुले पनि विरोध प्रदर्शन गरिरहेका छन् ।

नेपालमा भारतीय मिडियाको ज्यादती विरुद्ध विश्वभरी विद्रोह, ट्वीटरमा ‘GoHomeIndianMedia’ ट्रेण्डिङ