२६ मंसिर, अर्घाखाँची।

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले भारतले गरेको नाकाबन्दीका कारण भारतसंग अन्तिम लडाई भईरहेको बताए । नेपाल पत्रकार महांसघ अर्घाखाँची शाखाले आयोजना गरेको कार्यक्रममा भुसालले भारतको हेपाहा प्रवृतिको अन्त्य गर्नको लागी यो उपयुक्त विकल्प भएको बताउदै भारतलाई झुकाएर नेपालको स्वाधिनतालाई सधै उच्च पार्ने गरि अगाडी बढ्ने दावी गरे ।

ghanashyam bhusal

नेपालको पारवाहन अधिकारी, सार्कका संस्थापक सदस्य, अन्तरराष्ट्रिय अधिकारको प्रयोग गर्दै भारतलाई झुक्न बाध्य पार्ने भुसालको भनाई थियो । नेता भुसालले मधेशी जनताको अधिकार संविधानमा सम्बोधन गरिसकेको बताउदै अव केहि बाँकी रहेका विषयलाई सविधान संसोधन गरेर जाने तयारी भईरहेको बताए ।

संविधान संसोधन भएपछि मधेश आन्दोलन पनि समात्त हुने जिकिर गदै मधेशी दलले सस्तो लोकप्रियताको लागी सोझा जनतालाई प्रयोग गरेको उनको आरोप थियो ।

भुसालले अख्तियार लोकतन्त्रको मेरुदण्ड भएको भन्दै नियम अनुसार पत्र काटिएका व्यक्तिहरु जानु पर्ने बताउँदै अख्तियारले पुर्वाह तरिकाले अगाडी बढेको आफ्नो पार्टीले आंशका गरेको बताए ।

एक फरक प्रसङ्गमा भुसालले बर्तमान सरकारको विकल्प नभएको भन्दै अहिलेको विषम परिस्थितीमा सरकार परिर्वतनको सन्र्दभ लिनु नै उपयुक्त नभएको बताए ।

यो पनि पढ्नुस्।

जन्मदिनमा प्रचण्डलाई तनाव

भारतले शत्रु राष्ट्र झैँ व्यवहार गर्यो: सिपी गजुरेल

अबको प्रधानमन्त्रीमा कमल थापाको चर्चा

स्वार्थ पुरा गर्न भारतले लगायो नाकाबन्दी: डा भट्टराई