२६ मंसिर, धनगढी ।

‍पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइले मधेश आन्दोलन र नाकाबन्दीको विषयलाई लिएर भारतको कडा आलोचना गरेका छन्।

धनगढीमा आयोजित कार्यक्रममा बोल्दै भट्टराइले मधेशी जनताको माग भित्र छिरेर भारतले आफ्नो सामरिक स्वार्थ पुरा गर्न नाकाबन्दी गरेको आरोप लगाए।

भट्टराइले जनताले गरेको आन्दोलनमा छिर्ने र आफ्नो स्वार्थ पुरा भएपछि तुहाउने गरेको भन्दै भारतको तिखो आलोचना गरे।

Dr Bhattari Press Meet

फाइल तस्बिर

०२७-०४५-२०४६ मा भारतले लगाएको नाकाबन्दीको चर्चा गर्दै जनताले आन्दोनल थालेपछि भारतले नाकाबन्दी गर्ने गरेको उनले उदाहरण दिए । भारतले ‘माग भित्र छिरेर जनताको आन्दोलन तुहाउन पनि नाकाबन्दी गर्ने गर्छ,’ उनले भने। जनताले आन्दोलन गर्दा भारतले नाकाबन्दी गर्ने र काठमाडौंका शासकले अन्ध राष्ट्रवादको नारा लगाएर जनताको जायज मागलाई विषयान्तर गरी अन्त्यमा दुवै देशका शासक मिल्ने गरेको उनको भनाइ थियो।

०४६ सालमा पनि जनताले थालेको लोकतान्त्रिक आन्दोलनका बेला भारतले जनताको मागको पक्ष लिएजस्तो गरी भारतले नकाबन्दी लगाएर विषयान्तरण गरी अन्त्यमा जनताको बिरुद्ध दुई देशका शासक एक भएको उनले आरोप लगाए।

अहिले पनि भारतले नाकावन्दी लगाउनुको कारण मधेसीले उठाएको मागको समर्थन गरेजस्तो गरेर सामरिक स्वार्थ पुरा गर्न खाजेको उनले बताए । अढाई महिना देखिको नाकावन्दीको बन्दीको समस्या भारत र नेपाल दुई पक्षीय रुपमा समाधान खोजिनुपर्ने उनको भनाइ थियो। मधेश र थारुसमुदायले उठाएको आन्दोलन सीमांकनमा हेरफेर गरी बार्ताद्वारा समाधान खोजिनुपर्नेमा उनले जोड दिए।

भट्टराईले आदिवासी/जनजाती, थारु/मधेसी र खसआर्य समुदायको ‘कलष्टर’लाई समेटेर अघि बढ्न सकेमा सीमाकङ्नको समस्या समाधान हुने बताए ।

अहिलेको सीमाङ्कन जग्गाको कित्ताकाट गरेको र काँक्रा चिरेजस्तो भएको टिप्पणी गर्दै ती समुदायलाई नसमेटिएसम्म विवाद साम्य हुन नसक्ने बताए । नेता भट्टराईले तराई–मधेसको समस्या समाधान गर्न सरकार र आन्दोलनरत पक्षबीच सार्थक वार्ता हुनुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुस्।

संसदीय समितिको निष्कर्षः तातोपानी नाका १० दिनमा पूर्ण सञ्चालनमा ल्याउन सकिन्छ

रिचार्ज गर्दा बोनस

पेरिसडाँडाँमा खुलासाः दिल्ली योजनामा बाबुराम मुख्य शुत्राधार !

भारतबाट फर्किँदै बाबुरामको ट्वीट-नेपाल दक्षिण एशियाकै समृद्ध देश बन्न सक्छ