८ चैत, काठमाडौं । भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाश प्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ ।

यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्यो भन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबार अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो ।

भारत सरकारले पेन्सनका लागि छुट्याएको बजेटमा भारतीय सेनामा कार्यरत नेपालीलाई दिँदै आएको सेवासुविधासमेत जोड्ने हो भने नेपालका कुल रक्षा बजेटभन्दा झण्डै दुई गुणा बढी हुन आउँछ ।

सन् २०१६–१७ मा नेपालको कुर रक्षाबजेट ३६ अर्ब १ करोड ८० लाख ५ हजार रुपैयाँ छ भने भारतले नेपालमा रहेका भूपूगोर्खा सैनिकको पेन्सनका लागि ४० अर्ब रुपैयाँ छुट्याएको छ । भारतीय दुतावासअनुसार नेपालमा भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाश प्राप्त करिब १ लाख २७ हजारले पेन्सन बुझ्ने गर्छन् । अाजको नागरिक दैनिकमा खबर छ ।