१७ मंसिर, काठमाडौं ।

लगातार चौथो खेलमा हार्दै आएको नेपाल एसिसी विमेन्स टी २० एसियाकप क्रिकेटमा भारतसँग पनि ९९ रनको लज्जास्पद पराजय बेहोर्न बाध्य भएको छ ।

भिषण आक्रमणः साउदी सेनाको अखडा ध्वस्त

भारतले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा जम्मा २१ रनमै समेटिएको हो ।

यो स्कोर नेपालको अहिलेसम्मकै सबैभन्दा कम योगफल हो । भारतको पाँचौ विकेट ६९ रन हुँदा लिए पनि १२० रन बनाउँदासम्म उसको विकेट लिन नेपाली बलरहरु चुक्न पुगे । भारतले ५ विकेट क्षतिमा पूरै २० ओभर खेल्यो ।

भक्तपुरमा ८ हजार यौनकर्मी महिला

नेपाल यस अघि पाकिस्तान, श्रीलंका, बंगलादेश, थाइल्याण्डसँग सहजै पराजित हुँदै आएको छ । पाँचौ खेलमा पनि भारतसँग सहजै घुँडा टेकेको हो ।

संविधानमा ८८ वटा संसोधन गर्नु पर्छ – हृदेश त्रिपाठी

नेपालका कुनै पनि ब्याट्सविमेनले दोहोरो रन बनाउन सकेनन् । सरिता मगरको ६ रन नै नेपालको उच्च रहन पुग्यो । चार खेलाडीले रनको खाता नै खोल्न सकेनन् । २१ रनमा पनि नेपालले ७ रन अतिक्ति पायो ।