९ मंसिर, काठमाडौं ।

भारतीय दुताबासले सुनसरी गोलीकाण्डमा भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा पसेर गरेको भनिएको आक्रमणको समाचारको खण्डन गरेको छ ।

नेपाली भूमिमामा भारतीय सुरक्षाकर्मी प्रवेश नगरेको र तस्करहरुले फायर गरेपछि भारतीय भूमिमै उक्त घटना भएको दावी समेत दुताबासले गरेको छ ।

दुताबासले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, यी रिपोर्टहरु गलत छन्, एसएसवीको गस्ती टोलीमाथि तस्कहरुले आक्रमण गरेपछि आत्मरक्षाका लागि फायर गरिएको हो, घटना भारतीय भूमिमा नै भएको हो, यो घटनामा कुनै नेपाली घाइते भएका छैनन्” ।

Indian Embassy Press Release on Mangisr 9

घटनमा उल्टै भारतीय प्रहरीका कन्स्टेवल घाइते भएको दावी समेत विज्ञप्तिमा गरिएको छ । एसएसवीले आफ्नो कारवाही जारी राख्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानप्रति भारतको कुनै विरोध छैन – भारतीय गृहमन्त्री

यस अघि गृहमन्त्री शक्ति बहादुर बस्नेतले भारतीय सुरक्षाकर्मीको आक्रमणमा नेपाली घाइते भएको र त्यसबारे परराष्ट्रमार्फत भारतको ध्यानाकर्षण गराउने बताएका थिए ।

भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर चार नेपाली घाइते भएका छन्– गृहमन्त्री बस्नेत

नेपालीहरुलाई इन्धन र मल तस्करी गरेको भन्दै भारतीय सुरक्षाकर्मीले गोली हानेर घाइते बनाएका थिए । भारतीय सुरक्षाकर्मीले गोली हानेर घाइते भएकाहरुको उपचार भैरहेको छ ।

Indian ssp goli prahar ghaite (2)

नेपालमै पसेर भारतीय सुरक्षाकर्मीले गोली चलायो, ४ नेपाली घाइते (तस्विर सहित)