९ मंसिर, काठमाडौं ।

व्यवस्थापिका संसदको राज्य ब्यवस्था समितिले भारतीय प्रहरीले नेपाल प्रवेश गरेर नेपाली नागरिकमाथि गोली प्रहार गरेको घटनाप्रति खेद प्रकट गरेको छ ।

भारतीय प्रहरी नेपाल प्रवेश गरि आज विहान ४ जना नेपाली नागरिकलाई गोली प्रहार गरेर घाइते बनाएकोप्रति गम्भिर भएको भन्दै यस्ता घटना रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले मधेश आन्दोलनमा संयमित हुन प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।

नेपालको संविधानप्रति भारतको कुनै विरोध छैन – भारतीय गृहमन्त्री

समितिको कार्यलय सिंहदरवारमा वसेको वैठकले आन्दोलनकारीलाई पनि वार्ता मार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ । समितिका सदस्यहरुले सरकारले कालोवजारी नियन्त्रण गर्न कुनै प्रयत्न नगरेको भनी सरकारको आलोचना गरेपछि वैठकमा उपस्थित गृहमन्त्री शक्तिबहादुर वस्नेतले कालोबजारी गर्नेलाई कडा कारवाही गर्न मन्त्रालय दृढ रहेको बताए ।

सिंगापुरमा मोदीले भने- नेपालसँग असल सम्बन्ध राख्छु (भिडियो सहित)

उनले मधेशमा प्रहरी संयमित रहेको भन्र्दै अन्तिम अवस्थामा वाध्य भएर गोली चलाउनु परेको जानकारी दिए । वैठकमा सांसदहरु पूर्णवहादुर खड्का, अमरेश कुमार सिंह, वृजेशकुमार गुप्ता, युवराज ज्ञवाली लगायतले धारणा राखेको थिए ।