१९ असोज, दाङ ।

पार्टी त्याग गरेर देश दौडाहामा निस्किएका पूर्व प्रधानमन्त्री बाबुराम भट्राईले आफूले बनाउन लागेको नयाँ राजनीतिक शक्ति छिट्टै स्थापित हुने बताएका छन् । मंगलबार दिउँसो दाङको लमहीमा आयोजित साक्षात्कारमा बोल्दै भट्टराईले नयाँ शक्ती बनाउने अभियानमा हिँडेको बताएका हुन् ।

साक्षात्कारमा उनले भारतले गरेको नाकाबन्दी र आफ्नो पार्टी परित्यागको कुनै साईनो नरहेको दाबी समेत गरे । उनले भारतीय नाकाबन्दी अन्तर्राष्ट्रिय पारवहन सन्धीको घोर उल्लंघन भएको जिकिर गरे ।

विभिन्न पार्टीमा छरिएर रहेका र कुनै पार्टीमा नलागेका स्वतन्त्र व्यक्तिहरुलाई संगठित गरी नयाँ राजनीतिक दल बनाउने योजना रहेको उनले बताए । भट्टराईले सम्बृद्ध नयाँ नेपाल निर्माण गर्ने चरणमा नयाँ ढंगले भूमिका निर्वाह गर्ने दाबी गरे ।

baburam Bhattarai Dang

संविधान सभाबाट संविधान बनाउने र एउटा राजनीतिक परिवर्तनको प्रकृया पुरा गर्ने अभियान पुरा भएको उनले बताए । एक युग समापन भएको र अब आर्थिक विकास गर्दै सम्मुन्नत नयाँ नेपाल निर्माण गर्ने युगमा प्रवेश गरेको उनको तर्क थियो ।

नयाँ शक्तिको नेतृत्वमा म हुँदिन – बाबुराम भट्टराई

एमाओवादी र संसद सदस्यबाट राजीनामा दिएर मधेस र थारु आन्दोलनलाई समर्थन गर्दै देश दौडाहमा निस्कीएका भट्टराईले थारुहरुले गरीरहेको आन्दोलन जायज रहेको बताए । संविधान संशोधन गरेर जनताको माग पुरा गर्नुपर्ने उनको तर्क थियो । पहीचानको पाँच आधार र सामाथ्र्यको चार आधार सबैले स्वीकार गरिसकेकाले त्यसको कार्यान्वयन हुनुपर्नेमा भट्टराइको जोड थियो ।

baburam Bhattarai Dang 1

यस्तै पूर्व प्रधानमन्त्री भट्टराईले आफूलाई कैलाली जानबाट कसैले रोक्न नसक्ने भन्दै जसरी भएपनि कैलालीका थारु समुदायसँग भेट्ने बताए । सुरक्षा दिन नसक्ने भन्दै कैलाली जिल्ला प्रशासनले उनको बुधबार हुने भनेको कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो । उनको बुधबारै कैलाली जाने कार्यक्रम छ ।