११ असार, वासिङटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिका पुगेका छन । उनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता हुने भएको छ ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि उनीहरुबीच पहिलो पटक भेटघाट हुन लागेको हो । अमेरिका र भारतलाई विश्वका दई ठूला प्रजातन्त्र मानिन्छ ।

यसअघि मोदी र पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भारतमा भेटवार्ता भएको थियो । ओबामा भारत भ्रमणका लागि गएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकासँग मिलेर काम गर्न चाहेको धारणा यसअघि नै राखेका थिए । उनीहरुबीच लगानी प्रवर्धन आपसी विश्वासका आधारमा सम्बन्ध विस्तार लगायतका विषयमा वार्ता हुने बताइएको छ । रासस/एएफपी