१८ फागुन, नयाँ दिल्ली ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मार्च महिनामा विभिन्न तीन देशको भ्रमण गर्ने भएका छन् ।

उनले आगामी मार्च महिनामा संयुक्त राज्य अमेरिका, बेल्जियम र साउदी अरेबियाको भ्रमण गर्न लागेको भारतीय विदेश मन्त्रालयलाई उद्धृतगरी दिइएको समाचारमा जनाइएको छ ।

narendra modi staring

उहाँ मार्च ३० मा बेल्जियम पुग्ने र त्यहाँ हुन लागेको युरोपेली युनियनको सम्मेलनमा सहभागी हुने छन् ।

त्यसपछि उनी संयुक्त राज्य अमेरिका जानेछन् । अमेरिकाको वासिङ्टनमा हुने आणविक सुरक्षा सम्मेलनमा सहभागी हुने सो समाचारमा जनाइएको छ ।

उक्त आणविक सुरक्षसम्बन्धी सम्मेलनमा विश्वका करिब ५० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने जनाइएको छ ।

प्रधानमन्त्री मोदीले त्यसपछि साउदी अरेबियाको भ्रमण गर्नेछन् । भारतको प्रधानमन्त्रीका रुपमा गएको छ वर्षयता पहिलो पटक प्रधानमन्त्री मोदी साउदी अरेबिया जान लागेका हुन् । रासस÷सिन्ह्वा