१८ फागुन, एजेन्सी ।

भारत विहारका मुख्यमन्त्री नीतिश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदी परीक्षामा फेल भएको टिप्पणी गरेका छन् । केन्द्र सरकारले ल्याएको बजेटले मोदीलाई फेल देखाएको उनको भनाइ छ ।

मुख्यमन्त्री नीतिश कुमारले भारतका १२५ करोड जनताले परीक्षा लिने भन्दै मोदीले दिएको अभिब्यक्तिको जवाफमा मोदी फेल भएको टिप्पणी गरेका हुन् ।

Modi vs Nitesh

मोदी सरकारले पेस गरेको बजेट सामान्य बजेट भएको भन्दै उनले बजेटलाई पास मार्क्स दिन नसकिने प्रतिक्रिया समेत दिएका छन् ।

बजेटको परीक्षाफलमा मोदी फेल भएको भन्दै नीतिष कुमारले अरुण जेट्लीको भाषणमा अर्थशास्त्रीको जस्तो भाषा नदेखिएको समेत टिप्पणी गरेका छन् ।

मोदी तीन देशको भ्रमणमा जाँदै

चिनियाँ राष्टपति सि जिनपिङदेखि आङसाङ सुकीलाई कांग्रेसको निम्तो

जेट्लीको बजेट कुनै वकिलको भषामा आएको उनको भनाइ छ । विहारलाई दिएको विशेष प्याकेजलाई मोदी सरकारले निरन्तरता नदिएपछि नीतिष कुमारको आक्रामक प्रतिक्रिया आएको हो ।