एजेन्सी ।

पेरिसमा भारत र पाकिस्तानका प्रधानमन्त्रीबीचको भेटवार्तापछि सहज भएको भारत पाकिस्तान सम्बन्धले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई पाकिस्तान पुर्‍याएको छ ।

सुष्मा इस्लामाबादमा भएको समयमा दुई देशबीच नरम भाषा शूरु भएका छन् भने ब्यापारिक साझेदारीका चर्चा पनि शुरु भएका छन् । यद्यपी भारतमा भने भारत पाकिस्तानसँग लम्पसार परेको र घुँडा टेकेको भनेर आलोचना शुरु भैसकेको छ ।

Susma swaraj with Pakistan PM

भारतीय मिडियामा भारतले सियाचिन लगायतका मुद्धामा पछि हटेर सम्झौता गर्न लागेको भनेर भारतीय सरकारको ब्यापक आलोचना गरेका छन् ।

पाकिस्तानले अमेरिकासँग भन्योः भारतलाई तह लाउन हतियार जुटाउँदै छौं

भारतले पाकिस्ताससँग कतिपय मौखिक र कतिपय लिखित सहमति गरेको तर पाकिस्तानले लिखित सहमतिलाई समेत उल्लङ्घन गर्ने गरेको कुरालाई वेवास्ता गरिएको भन्दै भारतीय मिडियामा आलोचना भएको हो ।

पाकिस्तानले भारतको घाँटी निमोठेको होः परवेज मुसर्रफ

पाकिस्तानले भारतलाई झुकाएको र मोदी सरकारले पाकिस्तानसँग घुँडा टेकेको भन्दै कतिपय विश्लेषकहरुले ब्यापक आलोचना गरेका छन् ।