१८ माघ, काठमाडौं ।

भारतका एक युवा क्रिकेटरले नेपाली अण्डर १९ टिमका कप्तान राजु रिजाल १९ नभएर २४ वर्षका भएको दावी गरेर विवादमा तान्ने प्रयास गरेका छन् ।

रिजालले उमेर ढाँटेर अण्डर १९ खेलिरहेको उनको दावी छ ।

प्रेसर थेग्न सकेनौं-कप्तान राजु रिजाल

भारतसँग नेपाल पराजित हुनुका ४ कारण

कौस्तभ पवार नामका युवा क्रिकेटरले यस्तो टिप्पणी गर्दै फेसबुक स्टेटस लेखेका छन् । उनले आफूहरु मुम्बाइमा सँगै क्रिकेट खेलेको दावी गर्दै राजुले नेपालमा राजु रिजाल र भारतमा राजु शर्मा भनेर नाम बदल्ने गरेको दावी समेत गरेका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, “We played together in under 15 for Mumbai and now he is captain of Nepal under 19 team and we others are 24-25 age respectively.
In Mumbai Raju Sharma,
In Nepal Raju Rijal.”

उनले ह्याश ट्यागमा ‪#‎SaveCricket‬ ‪#‎Shame‬ ‪#‎ICCUnder19WorldCupBangladesh2016‬ समेत लेखेका छन् ।

Captain raju and Indian Commentator

क्रिकेट सम्बन्धि वेवसाइट क्रिकइन्फोले कौस्तभले भारतीय ओपनर रोहित शर्मासँग सन् २०११ मा मुम्बईबाट खेलेको जानकारी दिएको छ ।

नेपाल सहित ५ सिकारु देशले बनाएका क्रिकेटका ५ अपत्यारिला रेकर्ड