एजेन्सी । भारत र पाकिस्तानबीच तनाव बढेपछि संयुक्त राष्ट्रसंघले विवाद सुल्झाउनका लागि मध्यस्थतकर्ताको भूमिका निर्वाह गर्न प्रस्ताव गरेको छ ।

मन्त्री महतलाई विमानस्थलमा सधैं तनाव !

राष्ट्रसंघका महासचिव वानकी मुनले आफ्ना प्रवक्ता मार्फत वक्तव्य जारी गर्दै यस्तो प्रस्ताव गरेका हुन् । उनले परमाणु हतियार सम्पन्न दुइ छिमेकी मुलुकले तनाव कम गर्नका लागि तत्काल कदम उठाउनु आवश्यक हुने बताएका छन् ।

शेरबहादुर देउवाको शैली जो तपाईंलाई थाहा नहुन सक्छ

उनले दुई देशबीचको विवादका कारण आफू चिन्तित भएको भन्दै दुबै देशलाई संयमता अपनाउन आग्रह गरेका छन् । वानले काश्मिरको मुद्दासमेत वार्ताबाट टुंगो लगाउन अपिल गरेका छन् ।