१२ असोज, काठमाडौं।
पकिस्तानमा आयोजना हुने भनिएको उन्नाइसौं सार्क शिखर सम्मेलन अनिश्चित भएको छ।saarc-logo222

भारतले आपसी सम्बन्धलाई कारण देखाउँदै सहभागिता जनाउन नसक्ने जनाउ दिएपछि सार्कको आगामी नोभेम्वरमा इस्लामावादमा हुने भनिएको सम्मेलन अनिश्चित भएको हो ।

अध्यक्ष राष्ट्रका रुपमा नेपाललाई भारतले सम्मेलनमा सहभागिता नजनाउने निर्णय जानकारी गराएको हो।

अन्तरदेशीय आतंक र आन्तरिक मामिलामा हस्तक्षेपको कारण सम्मेलनमा सहभागिता जनाउन नसक्ने भारतीय विदेश मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्तीमा एउटा देशले तयार गरेको वातावरणका कारण इस्लामावादमा हुने सार्क सम्मेलनमा सहभागी हुने अवस्था नरहेको उल्लेख छ ।

विज्ञप्तिमा सार्कका अन्य राष्ट्रहरुको समेत इस्लामावादमा हुने सम्मेलनका बिषयमा रिजर्वेसन रहेको आफूले पाएको जनाइएको छ।

यो पढ्नुस्।

यो पढ्नुस्: सार्क सम्मेलनमा सबै देश सहभागी हुने पाकिस्तानी प्रधानमन्त्रीको आशा