३ फागुन, एजेन्सी ।

आफ्नै देशमा आयोजित टी-२० विश्वकपको पहिलो खेलमा न्यूजिल्याण्डसँग पराजित भएपछि पाकिस्तानमा भारतको मजाक बनाइएको छ ।

को हुन् भारतले हारे नाङ्गिने घोषणा गरेकी पाकिस्तानी मोडल (तस्विर सहित)

१९ मार्चमा पाकिस्तानसँग खेल्ने तय भएको भारत पहिलो खेल हारेपछि पाकिस्तानीहरुले उत्सव मनाएका हुन् ।

pakistan celebration on india defeat 2

भारत न्युजिल्याण्डसँग ४७ रनको फराकिलो अन्तरले पराजित भएपछि भारतीय टिमका समर्थकलाई निराश बनाएपनि पाकिस्तानीहरु भने खुसी देखिएका छन् । खासगरी सामाजिक सञ्जालमा पाकिस्तानीहरुले भारतको हारमा खुसी मनाएको देखिन्छ ।

pakistan celebration on india defeat 1

पाकिस्तानका अफरोज नामका ट्वीटर प्रयोगकर्ताले भारतको हारपछि गरेको ट्वीट भाईरल बनेको छ ।

pakistan celebration on india defeat

अर्का ट्वीटर प्रयोगकर्ता पंकज रायले ट्वीट गर्दै अरुका लागि खाल्डो खनेको भारत आफै त्यसमा परेको भनेका छन् ।

टी-२० विश्वकपः अरुलाई खनेको खाल्डोमा आफै पर्‍यो भारत

भारतले आफ्ना स्पिनरलाई सहयोगी बन्ने पिच बनाएको तर त्यसैमा उसले हार खाएको उनको भनाइ छ ।

कतिपयले भारतलाई विश्वको उत्कृष्ठ ब्याटिङ लाइन भन्दै ब्यङ्ग्य गरेका छन् ।

pakistan celebration on india defeat 3

एक ट्विटर प्रयोगकर्ताले भने भारतलाई कागजको सिंहसँग तुलना गर्दै कागजको सिंह नागपुरमा ढलेको बताएका छन् ।

यसकारण पाकिस्तानसँग हार्न सक्छ भारत