३ चैत, एजेन्सी ।

मंगलबार टी-२० विश्वकपको पहिलो खेलमै हारेको खेलसँगै भारतले न्यूजिल्याण्डसँग अहिले सम्म खेलेका सबै ५ टी-२० खेल हार्ने रेकर्ड बनाएको छ ।

केवल १२६ रनको लक्ष्य पनि भारतीय ब्याट्सम्यानहरुले पुरा गर्न सकेनन् । भारतीय बलिङ चम्किएको पिचमा न्यूजिल्याण्डको स्पिन बलिङ त्यो भन्दा बढी चम्कियो र भारतीय ब्याटिङ लाइनको ढाड भाँचिदियो ।

India World T20 Cricket India New Zealand

नागपुरको विदर्भ क्रिकेट रंगशाला स्पिनरकै लागि लक्षित गरेर बनाइएको आरोप भारतमाथि लाग्दै आएको थियो । खासमा भारतीय स्पिनरका लागि लक्षित यो रंगशाला मंगलबार भने अरुलाई खनेको खाडलमा आफै पर्ने किस्सासँग मिल्दो जुल्दो देखियो ।

म्याचको एक दिन अघि मात्र स्पिनरका लागि राम्रो हुने गरी पिच तयार गरिएको थियो । विपक्षी टिमलाई हराउन तयार त्यही पिचमा शिखर धवन, रोहित शर्मा, विराट कोहली, सुरेशा रैन, जस्ता धुवाँदार ब्याट्सम्यान सोढी, म्याक्कलम र स्यान्टनरको स्पिनको सहज शिकार बने ।

भारत हारेमा कपडा खोलेर नाच्ने पाकिस्तानी अभिनेत्रीको घोषणा (भिडियो सहित)

को हुन् भारतले हारे नाङ्गिने घोषणा गरेकी पाकिस्तानी मोडल (तस्विर सहित)

यसकारण पाकिस्तानसँग हार्न सक्छ भारत

भारतका अलराउण्डर मानिने रविन्द्र जडेजा र हार्दिक पाण्ड्या पनि पुग्नासाथ पभेलियन फर्किए ।

भारतीय स्पिनरका लागि तयार गरिएको नागपुर पिचमा न्यूजिल्याण्डका तीन स्पिनर मिशेल स्यान्टनर (११ रन दिएर ४ विकेट), ईश सोढी (१८ रन दिएर तीन विकेट) र नाथन म्याक्कलम (१५ रन दिएर २ विकेट) चम्किए ।

india vs newzeland

भारतमा भएको टी २० मा भारतले दोस्रो सबैभन्दा कम स्कोर हो । १० मा ९ विकेट स्पिनरकै खातामा गयो । भारतले बनाएको डिजाइन भारतलाई नै आत्मघाती सिद्ध भयो ।

भारत किन हार्‍यो- धोनीको जवाफ