३१ वैशाख, बाजुरा । बाजुरा जिल्लाको कैलाशमाण्डौ गाविसको लवारेमेलाको भिरबाट खसेर एक महिलाको सोमबार निधन भएको छ ।
सोमबार दिउँसो बाख्रा चराउन गएका बेला लवारेमेलाको भिरबाट खसेर कैलाशमाण्डौ गाविस-९ पैमा कोलघर गाउँकी ५८ वषिर्या सुमुन्द्रादेवी खत्रीको ज्यान गएको हो । खत्री भिरबाट करिब ३०० मिटर तल खसेको स्थानीयवासीले जनाएका छन् ।