gagan thapa in angry mood३१ वैशाख,काठमाडौ। केही समय अघि एमाओवादी अध्यक्ष प्रचण्डसंग चुनाव लड्ने बताएर चर्चामा आएकाक नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले पुनः प्रचण्डमाथी तिखो हमला गरेका छन्।

थापाले भ्रष्टाचार मुद्धाबाट जोगिन एकिकृत माओवादीको जबर्जस्त दबाबका कारण अख्तियार प्रमुखमा लोकमान सिंह कार्की नियुक्त भएको बताएका छन् । 

दलिय भागबण्डाका नाममा एमाओवादीका तर्फबाट विवादास्पद छविका कार्कीलाई सिफारिश गरेर अध्यक्ष प्रचण्डले जनसेनाको ३ अरबको भ्रष्टाचार मुद्धा छल्ल खोजेको दाबी गरे।

कांग्रेस र एमाले पार्टीमा आफ्नो प्रतिष्पर्धीनै नेदेखेका थापाले आजकल प्रचण्डसंग चुनाव लड्ने देखी भाषणमा समेत प्रचण्डकै विषयमा धेरै बोल्ने गरेका छन्।

नेपाली कांग्रेस सलाङ गाउँसमिति धादिङको एक कार्यक्रममा बोल्दै नेता थापाले प्रष्ट शब्दमा प्रचण्डले जनसेनाको नामा ३ अरब रुपैया खाएको बताएका हुन्।

थापाले खिलराज रेग्मी सरकारको आयु जति लम्बीयो उती धेरै अलोकप्रिय निर्णय हुँदै जाने दावी गर्दै जति छिटो संविधान सभाको निर्वाचनको बातावरण तयार गरेर रेग्मी सरकारलाई बिदा गर्ने बातावरण बनाउन सवै पक्ष संग नेता थापाले आग्रह समेत गरे।

सोहि कार्यक्रममा एमाओवादी पूर्व सेक्सन कमाण्डर कृष्ण परियार, तुलसी गिरी सहित विभिन्न पार्टीबाट ३५ जना नेता गगन थापाको हातबाट सदस्यता लिँदै नेपाली कांग्रेसमा प्रवेश गरेका कांग्रेसले दाबी गरेको ।