१४ वैशाख, काठमाडौं ।

संविधानसभाका सदस्यले भूकम्प पीडितका लागि एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको आग्रहमा सो निर्णय गरिएको हो । संविधानसभामा हाल कायम रहेका सदस्य सबैले सो सहयोग गर्नुपर्ने छ ।

Earthquake effect nepal huge (11)

सभाध्यक्ष नेम्वाडका अनुसार त्यसरी प्रदान गरिने सहयोगको राशि रु दुई करोड ५८ लाख २५ हजार ७७० हुनेछ । त्यसमा विपक्षी दलका नेता, विभिन्न समितिका सभापतिको पारिश्रमिकसमेत जोडिएको छ ।