१४ बैशाख, काठमाडौं ।

सर्वसाधारणमा नेपाल प्रहरीको अनुरोध :

विपद् सम्बन्धी सूचना सम्प्रेषणलाई छिटो छरितो एवं प्रभावकारी बनाउन नेपाल प्रहरीले Nepal Police HQ नाममा twitter account पनि जारी गरेको छ । विपद् सम्बन्धी कुनै पनि सूचना सम्प्रेषण तथा प्रहरी सहयोगका लागि नेपाल प्रहरीको twitter account तथा Facebook मा समेत सूचना सम्प्रेषण गर्नु हुन सर्वसाधारणमा हार्दिक अनुरोध गर्दछौ ।

nepal police

राष्ट्रिय शोकको यस घडीमा धैर्य धारण गर्नुको साथै निम्नानुसार गर्नु हुन हार्दिक अनुरोध गर्दछौ :

• भूकम्प यति बजे यति रिक्टर स्केलको फेरी आउने भन्ने सम्बन्धमा बिभिन्न माध्यम र व्यक्तिबाट फैलाईएका भ्रामक समाचारहरूमा बिश्वास नगर्न, तर, भूकम्पको धक्का वा पराकम्पन (After-shock) को अवस्थाबाट पूर्ण रूपमा सूरक्षित भै नसकेको हालको अवस्थामा सूरक्षित स्थानमा रहन आग्रह गर्दछौ ।

• विपद्को यस अवस्थाको गलत फाईदा उठाउन अनावश्यक मूल्य बृद्धी गर्ने, उपभोग्य वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, चोरी लुटपाट गर्ने जस्ता व्यक्ति तथा प्रबृतीहरूबाट सजग रहन र त्यस्ता व्यक्तिहरुको बारेमा यथाशिध्र नजिकको प्रहरी वा १०० नं. मा सूचना दिनु हुन,

• शौचालय, खानेपानी र सरसफाईको पर्याप्त व्यवस्थाको अभावमा खुला स्थानमा बसीरहेको अवस्थामा रोग तथा संक्रमण बढ्न सक्ने कुरामा सचेत रहन,

• उद्दार कार्यमा खटिएका उद्दारकर्मी तथा सूरक्षाकर्मीहरूलाई यथासक्य सहयोग पुर्यााउन र बिपत्तीको यस घडीमा एक अर्कालाई सकेसम्म सहयोग गर्नु हुन अनुरोध गर्दछौ ।