७ असोज, इस्लामाबाद । पाकिस्तानका पूर्व सैनिक शासक पर्वेज मुसरफले पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन ।

सन् २००७ मा रावलपिण्डीमा भुट्टोको आत्मघाती हमलामा परी हत्या भएको थियो ।

लण्डनबाट भिडियो सन्देश शुक्रबार सार्वजनिक गर्दै मुसरफले भुट्टोको हत्याबाट उहाँका श्रीमान् असिफ अलि जर्दारी एक जनालाई मात्रै फाइदा भएको बताएका छन ।

भुट्टोको हत्यापछि त्यसैलाई उपयोग गरेर आफू राष्ट्रपति बन्न सफल भएको मुसरफले दावी गरे ।

पाकिस्तानको एउटा अदालतले गत महिना मात्रै भुट्टोको हत्यामा संलग्न भएको भन्दै दुई जना पुर्व प्रहरी अधिकृतलाई १७ बर्ष जेल सजाँय तोकेको थियो । (रासस/एपी)