७ असोज, काठमाडौं ।
तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १०२ स्थानीय तहको मतगणना सम्पन्न भएको छ। अब ३४ स्थानको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

जसअनुसार  नेपाली कांग्रेसले ३२ तहमा जित हाँसिल गरेको छ भने, संघीय समाजवादी फोरम नेपाल १९,  राजपा नेपाल १८, नेकपा (माओवादी केन्द्र) ले १७  तहमा जित्न सफल भएका छन ।

त्यस्तै  नेकपा (एमाले) ११, नेपाल लोकतान्त्रिक फोरमका ३, नेपाली जनता दल र नयाँ शक्तिका उम्मेदवार एक-एक स्थानीय तहमा विजयी भएका छन्।