गोरखा ।

गत बैशाख १२ को भयानक भूकम्पको केन्द्र बिन्दु रहेको गोरखा बारपाकमा भिषण हिमपात भएको छ ।

हिमपातका कारण टहरामा बसिरहेका भूकम्प पीडितहरुको जीवन थप कष्टकर बनेको स्थाानीयबासीले बताएका छन् ।

Barpak Himpat (1)

गोरखाको लाप्राक, बारपाक र घ्याच्चोकलगायत क्षेत्रमा गएराति भीषण हिमपत भएको हो ।
Barpak Himpat (2) Barpak Himpat (3) Barpak Himpat (4) Barpak Himpat (5)
त्यस क्षेत्रमा रातभर हिउँ बर्सेको छ । “अत्यधिक चिसो बढेको छ । बाहिर निस्कन सकेका छैनौँ” बारपाक–४ का तेजबहादुर घलेले भने, “अगेनाको छेउमा आगो तापेर बसेका छौँ ।”

Barpak Himpat (8)

जस्तापाताले छाएको टहरोमा बसेका र त्रिपाल, टेन्टमुनि बसोबास गर्दै आएकालाई पानीले रुझाएको छ । बारपाकमा एक हजार ३७२ घरधुरीमध्ये स्नान गाउँका ३० घरधुरी अझै त्रिपालमुनि छन् । घलेले भने, “गाउँ नजिकै डाँडामा बाक्लो हिउँ परेको देखिन्छ ।”

Barpak Himpat (7)

बारपाक, लाप्राकको गुप्सीपाखा र घ्याच्चोकको धन्सिरा गाउँमा हिमपात भएको हो । गाउँ नजिकैको डाँडामा बाक्लो हिउँ परे पनि गाउँमा हिमपात भएको स्थानीयबासीले बताए ।

Barpak Himpat (9)

पानी र हिमपात नभएका बेला पनि स्याठँले गर्दा गुप्सीपाखामा बस्न सकिँदैन । गुप्सीपाखा दुई हजार ७०० मिटर उचाइमा पर्छ । गुप्सीमा ५९५ वटा टहरा छन् । चिसोले गर्दा वृद्धवृद्धा र बालबालिका समस्यामा छन् ।

Barpak Himpat (10)

गुम्दाको माथिल्लो क्षेत्र, सिर्दिवास, बिही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत र छेकम्पारका उपल्लो भेगमा पनि हिमपात भएको बताइएको छ । यस वर्ष हिमपात ढिला हुँदा आलुखेती गरिएका बारीमा धुलो उडेको थियो । आवश्यक चिस्यान नहुँदा आलु उम्रेको थिएन । डाडाँमा परेको हिउँ बारीसम्म नझरेसम्म खेती राम्रो नहुने स्थानीय बताउँछन् ।

Barpak Himpat (6)

हिमपात भएका क्षेत्रमा हालै न्यानो कपडा खरिदका लागि रु १० हजारका दरले राहत रकम वितरण गरिसकिएको छ । त्यस्तै विभिन्न सङ्घसंस्थाको सहयोगमा सिरक, कम्बल र ज्याकेट वितरण गरिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।

Barpak Himpat (11)

अझै १२ गाविसमा बाँड्ने रकम निकासा नआएकाले समस्या भएको हो । ३८ गाविसमा भने राहत रकम वितरण गरिसकेको छ । १० हजार राहत रकम बुझेका भूकम्पपीडितले न्यानो कपडा किनेका छैनन् । केहीले घरखर्चमै सो रकम सिध्याएका छन् ।