५ माघ, काठमाडौं ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति सुशील कोइरालको निवाश महाराजगञ्ज पुगेका छन् । मधेशी मोर्चासँगको वार्तामा माहौल विग्रने संकेत दखिएपछि प्रचण्डले राजनीतिक छलफलमा सक्रियता बढाएका हुन् ।

उनले सुशील कोइरालाको निवाशमा पुगेर कांग्रेस नेताहरुसँग छलफल गरेको तस्विर ट्वीटरबाट सार्वजनिक गरेका छन् ।

Pracahnda twitt on Maharajgunj Chhalfal

मधेसी मोर्चाले राखेको मधेस दुई प्रदेश मागलाई तीन मुख्य दलले अस्वीकार गरेपछि तीन दल एकतर्फी रुपमा प्रस्तावित संविधान संशोधनलाई औपचारिकता दिने मनस्थितिमा पुगेको बताइएको छ ।

सोमबार बसेको कार्यदल बैठकमा मोर्चाले तराई मधेसमा थारुबहुल एक प्रदेश र अर्को एक प्रदेशको माग गरेको तथा त्यसलाई तीन दलका प्रतिनिधिले अस्वीकार गरेपछि त्यसलाई उनीहरुले बहिष्कार गरेका थिए । तीन दलले आफ्नो प्रस्तावअनुसार नै संविधान संशोधन अगाडि बढाउने भएका छन् ।

मधेसी मोर्चाद्धारा कार्यदलको औचित्य सकिएको घोषणा
संविधान संशोधनको प्रस्तावलाई सच्याएर पारित गर्नुपर्छ– यादव

यसअघि प्रमुख तीन दलको शीर्ष नेतृत्व बैठकले मधेसी मोर्चाको दुई प्रदेशको माग अस्वीकार गर्दै मंगलबार अपराह्न बस्ने व्यवस्थापिका संसद्को बैठकअघि सहमति नभए पुरानै संशोधन विधयेक अगाडि बढाउने निर्णय गरेका थिए ।